Ekhab4r
यातायातका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत रेग्मी पक्राउ परेका थिए ।आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update