सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(विहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भैइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्