सिड्नी । गीत समेत गाउने मोडल दुर्गेश थापाले अब गाली खाने काम नगर्ने बताएका छन् । सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आएका उनले थोरै गीत स्याबासी पाउने हिसाबले मात्रै निकाल्ने बताए ।
‘अब म गाली खाने काम गर्दिनँ । गाली पनि धेरै खाएँ । थोरै गीत निकाल्छु, ताली खाने र स्याबासी पाउने मात्र निकाल्छु,’ दुर्गेशले भने ।
उनले अस्ट्रेलियामा पनि आफूले गाली र आलोचना पाइने गीत नगाउने बताए । ‘कति जोशमा गाइयो होला त कति साथीभाइको लहलहैमा गाइयो । सही सुझाव र सल्लाहको अवमा पनि म धेरै बहकिएको छु,’ दुर्गेशले भन्, ‘अब मबाट नेपाली गीत(संगीतको धज्जी उडाउने काम हुँदैन । जे गर्छु राम्रो गर्छु र सोचविचार गरेर मात्र गीत गाउँछु ।’
तीजका लागि अस्ट्रेलियाका विभिन्न सहरमा हुने कार्यक्रममा दुर्गेशले प्रस्तुति दिंदैछन् । गत साता एडिलेटमा ओर्लिएका दुर्गेशले बिहीबार त्यहाँ प्रस्तुति दिएका छन् । आइतबार उनी सिड्नीको ग्र्यालभिल पार्कमा आयोजना हुने कार्यक्रममा प्रस्तुत हुँदैछन् ।