बजेट भाषण दुई घण्टा पछि सर्यो
काठमाडौँ । सरकार र प्रमुख प्रतिपक्षी दलबिच सहमति बन्न नसकेकाले संसद्को पूर्वनिर्धारित बैठक पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक सरेको हो ।
वार्षिक बजेट प्रस्तुत गर्न आज दिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रम थियो । तर राजनीतिक कारणले २ घण्टा पर सरेको छ । संसद् सचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।
यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १३:१६
प्रतिक्रिया दिनुहोस्