झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् ।
अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् ।पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।