Ekhab4r
दुई बालिका हत्या प्रकरण : आमाद्वारा अपराध स्वीकार

विराटनगर । अस्मिता कार्कीले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङमा उनलाई सार्वजनिक गर्ने क्रममा संक्षिप्त प्रतिक्रिया लिँदा उनले यस्तो बताएकी हुन् । 

`मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ,´ उनले भनिन्, `श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।´मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो। अस्मितालाई प्रहरीले बुधबार बिहान झापाबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई आजै प्रहरीले सार्वजनिक गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update