Ekhab4r
आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्दैछौं : अर्थमन्त्री 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशको आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने सरकारको नीति रहेकोे बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको कृषिको रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चालु बजेटमा आलु प्याज लगायतमा लगाएको भ्याट हटाई आन्तरिक उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको उल्लेख गर्दै त्यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामीले आफ्नो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर अहिले बजेट मार्फत चालु बजेटमा भ्याट लगाईएको थियो । प्याज आलुका आदीमा तर यसपटक त्यो भ्याट हटाइयो । भ्याटको सिद्धान्त आन्तरिक र बाह्य जहाँ उपयोग हुन्छ त्यहाँ भ्याट लाग्ने कुरा हुन्छ । तर त्यो हटाइयो । हामीले आफ्नो आन्तरिक उत्पादनलाई नीतिगत रुपले संरक्षण गर्ने कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको छ । यसले कृषिको आधुनिकीकरणमा योगदान पुग्छ भन्ने सरकारको विश्वास छ ।’ 

उनले सरकारले पाँच वटा रूपान्तरण क्षेत्रमध्ये आईटी क्षेत्रलाई अगाडि सारेको र गएको वर्ष ६६ अर्बको निर्यात गरिसकेकोमा यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुने उनको दाबी छ ।उनले भने, ‘यो वर्ष हामीले पाँच वटा रूपान्तरण क्षेत्र मध्य आईटी क्षेत्रलाई अगाडि सारेका छौं । आईटी क्षेत्र गएको वर्ष ६६ अर्बको निर्यात भयो । यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुन्छ आईटी क्षेत्रको सेवा ।’ 

उनले कृषि औद्योगिकरणमा गएपनि कृषि क्षेत्रको सेवाबाट औद्योगिकरणमा जाने बाटो सहज नभएको उनको भनाई छ । अर्थमन्त्री पुनले उत्पादनपछिको अनुदान व्यवहारिक हुने भन्दै विगतका अनुदान नीतिहरूको सदुपयोग नभएको धारणा राखे । 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update