पलेशालाई कांग्रेसद्वारा पाँच लाख रुपैयाँसहित सम्मान
काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
आइतबार पार्टी कार्यलय सानेपामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरका हुन् ।यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ।पेरिसमा ओलम्पिक २०२४को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले कांस्य पदक जितेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ १६:०८
प्रतिक्रिया दिनुहोस्