Ekhab4r
अस्ट्रेलियाका सहरमा काली, साकार र एक्सिसका गीत

काठमाडौँ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास् कोटा, ¥यापर साकार र एक्सिस ब्यान्डले छुट्टा छुट्टै मितिमा अस्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्कको व्यवस्थापन तथा अस्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट एण्ड स्ट्रेट आउट हिमालयको आयोजनामा काली, साकार र एक्सिसले कन्सर्ट गर्न लागेका हुन् ।

स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अस्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ तारिख देखि आठ सहरमा कन्सर्ट गर्नेछ । ब्यान्ड एक्सिसको ‘ब्ल्याक एण्ड ह्वाइ’, ‘माफ गर’, घर गाउँ’ र ‘पाइला’ एल्बम बजारमा आइसकेका छन् । ब्यान्डले सात वर्षपछि अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो । ब्यान्डले अस्ट्रेलियामा ‘अधुरो प्रेम’, ‘माफ गर’, ‘मुस्कान’, ‘एकचोटी’, ‘मेरो प्रेम’, ‘पाइला’ लगायतका गीत सुनाउनेछ ।

गत फेब्रुअरी १४ मा ब्यान्डले चितवनको सौराहामा आठ हजार दर्शकमाझ कन्सर्ट गरेको थियो । यो ब्यान्ड यसै वर्ष काठमाडौँमा आयोजना हुन लागेको ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०८०’मा ‘वेस्ट ब्यान्ड’ विधाको मनोनयनमा पनि परेको छ । ब्यान्डमा सन्दीप विश्वकर्मा(भोकल), अमूल्य श्रेष्ठ(ड्रम) छन् भने गीतारमा निखिल सिकर्मी, रोशन लामा र सजिन महर्जन छन् । उनीहरूले अस्ट्रेलिया टुरअघि यही जुनमा लाइभ शोमार्फत ‘घर गाउँ’ र ‘पाइला’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्दछन् । 

‘लिटिल बुद्ध’का रूपमा परिचित यापर साकारले अस्ट्रेलियाबाट ‘डेब्यू’ साङ्गीतिक टुर गर्न लागेका हुन् । उनी अगस्ट १० देखि अस्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दछन् । उनको टिममा क्यारे महर्जन(ड्रमर) र नीरज बराइली(सुट डिरेक्टर एण्ड कन्सोल हेड) रहनेछन् । क्यारे नेपाली सङ्गीत क्षेत्रमा चिनिएका र अनुभव ड्रमर हुन् । उनले केन्जल मेहर श्रेष्ठ र सोमिया बराइलीको लाइभ शोमा साङ्गीतिक सहकार्य गरिसकेका छन् । साकारले हालै मात्र ‘नेप–हप ड्रिप’ नामक गीत सार्वजनिक गरेका थिए । यो गीत युट्युब ट्रेन्डिङको १३ औँ नम्बरमा छ ।

गायक तथा सङ्गीतकार कालीप्रसाद बास् कोटा यसै वर्षदेखि नेपाली सङ्गीत क्षेत्रमा १५ औँ वर्ष बिताउदैछन् । उनले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अस्ट्रेलिया टुर गर्दछन् । कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कमा विकेश कायस्थ, स्टिभ देवान र सुमन महर्जन श्रेष्ठ छन् । उनीहरूले नेपथ्यदेखि बालेन(हाल काठमाडौँ महानगरपालिका मेयर), झिल्के एण्ड द कम्पनीसम्मका संगीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव संगालिसकेका छन् ।

पीभीई नेटवर्कका सिईओ विकेश कायस्थले अस्ट्रेलियाको हुल्य इभेन्ट एण्ड स्ट्रेट आउट हिमालयजसँगको सहकार्यमा अस्ट्रेलियामा रहेका नेपाली तथा विदेशी दर्शकलाई कलाकारको प्रस्तुतीमात्र नभई लाइभ कोरियोग्राफ शैली अपनाएर मनोरञ्जन दिने तयारी भइरहेको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update