Ekhab4r
सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले रास्वपाले गैरकानूनी, अराजनीतिक जस्ता कुनैपनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए ।  उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं । व्यक्ति केन्द्रीत गरेर राजनीतिक खेल खेल्ने काम नगरौं भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौ ।’यसका साथै, उनले विषयमा पीडित बचतकर्ताहरुलाई प्राथमिकता दिनुपर्ने ठाँउमा व्यक्तिलाई लक्षित गरेर अगाडि बढेको पनि बताए । 

उनले भने, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन् भन्ने कुरा स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुदैँन् । त्यसकारण आएका कुरालाई एम्डीका रुपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ । तर मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो । रवि लामिछानेसँग जोडेर लाखौं सहकारी पीडितमाथि पाप भएको छ । पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन् । तर आज विषय म हुनुपर्ने थिएन् ।’ 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update