Ekhab4r
नदीमा बहाव बढ्दो, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

काठमाडौं । लगाताको मनसुनि वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ ।

ठाउँ–ठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । अहिले देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन संखुवासभा, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ र दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update