काठमाडौँ -अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ । कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनी विरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
लरेनले कान्येले आफूमाथि गरेको सम्झौतालाई तोड्दै गलत किसिमले कामबाट निकालेको दाबी गरेकी छन् । लरेनले कान्ये र उनको कम्पनीविरुद्ध ‘ठगी’को मुद्दा पनि दर्ता गराएकी छन् । लरेन सन् २०१२ देखि सन् २०२२ सम्म कान्येको एसिस्टेन्ट थिइन् ।लरेन्सले गत जून ३ मा मुद्दा दर्ता गरेकी थिइन् । उनले आफूमाथि कैयौँ पटक लज्जास्पद हर्कत गरेको दाबी गरेकी छन् । यसबाहेक कान्येले आफूलाई कैयौँ पटक अश्लील सन्देश र भिडियो पठाउने गरेको पनि दाबी गरेकी छन् ।
लरेनले यसअघि कान्येका साथ सन् २०२१ मा रिलिज एल्बम ‘डोन्डा’मा काम गरेकी थिइन् । यसबाहेक उनी गायकको वुमेन क्लोदिङ लाइनका लागि पनि काम गरेकी थिइन् । कान्येले लरेनलाई सन् २०२१ मा एनुअल मिलियन डलर तलब दिएर आफ्नो असिस्टेन्टका रूपमा हायर गरेका थिए । जसअन्तर्गत लरेन २४ सै घण्टा कान्येका साथ रहनुपर्थ्यो ।
लरेनको दाबी अनुसार कान्येले उनलाई ओनली फेस एकाउन्ट हटाउन माग गर्थे । यसको सट्टा कान्येले लरेनलाई वर्षभरको एक मिलियन डलर दिने सहमति गरेका थिए ।लरेनले कान्येसँग जोडिएको केही समय पछि कान्येले उनलाई कैयौँ अश्लील सन्देश पठाउन सुरु गरेका थिए ।