अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ
काठमाडौं । अभिनेता बुद्धि तामाङलाई पुत्रलाभ भएको छ । उनकी पत्नी अनु थिङले शुक्रबार बिहान ९ बजे नर्भिक अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । ३ किलो तौलका शिशु स्वस्थ रहेको बुद्धिले बताए । अनुलाई अस्पतालको आइसीयूमै राखिएको छ । पहिलो सन्तान लाभ भएकोमा बुद्धिले अनलाइनखबरसँग खुसी व्यक्त गरे । बुद्धि र अनुले २ वर्षअघि विवाह गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१ १३:५१
प्रतिक्रिया दिनुहोस्