Ekhab4r
‘युवालाई समाज सेवाप्रति आकर्षित गराउन परिषद्ले भूमिका खेल्नुपर्छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएको बताएका छन् । 

आइतबार सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले समाज सेवामा नागरिकहरुको आकर्षण नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न परिषद्ले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए ।उनले भने, ‘समाजसेवा विकासोन्मुख देशका लागि एउटा मेरुदण्ड हो । समाजको सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो । हामी सबै जना समाजका एक अंश हौँ । समाज हाम्रो मूल्य र मान्यताको धरोहर हो । समाजसेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाजसेवाप्रति अभिप्रेरित गर्नका निम्ति समाज कल्याण परिषद्ले समाजसेवा दिवस मनाउने गरेको हो । यो दिवस सबै सामाजिक संघ संस्था एवं समाजसेवीहरुको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै जानुपर्दछ भन्ने विश्वास लिएको छु ।’

सामाजिक संघ संस्थाहरु समाजप्रति उत्तरदायी र जवाफदेही हुनेगरी परिषद्को काम कारबाही प्रष्ट र पारदर्शी बनाउन निर्देशन दिए । ‘सामाजिक संघ संस्थाहरु समाजप्रति उत्तरदायी र जवाफदेही हुनेहुँदा हाम्रा काम कारबाही प्रष्ट र पारदर्शी बनाउने प्रयास गर्नुपर्दछ । समाज कल्याण परिषद्ले समाजसेवाको अझै वैज्ञानिक र प्रभावकारी रुपमा अनुगमन र मूल्यांकन गर्नुगरि गैरसरकारी संघ संस्थाहरुका कार्यहरुलाई अझै व्यापक र व्यवस्थित बनाउनुपर्दछ,’उनको भनाइ थियो । उनले सरकारले परिषद्लाई थप जिम्मेवार बनाउन समाज कल्याण परिषद्को संरचना अधिकारको बाँडफाँटसहित संघ, प्रदेश र स्थानीय तहहरुसम्म विस्तार गर्ने गरी समाज कल्याण ऐनलाई समसामयिक परिमार्जन र संशोधनको तयारी गरिरहेको उल्लेख गरे । एकद्धार नीतिअनुसार समाज कल्याण परिषद्बाट संघसंस्थाहरुमो नियमन, सहजिकरण प्रभावकारी अनुगमन हुनेगरी कार्यसंचालन र व्यवस्थापन हुने उनको विश्वास छ 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update