Ekhab4r
आइतबार पक्राउ परेका दुर्गा प्रसाईं अस्पताल भर्ना

 काठमाडौं । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंकाे स्वास्थ्यमा समस्या आएका कारण प्रहरीले उनलाई अस्पताल भर्ना गरेको छ ।

स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको ब्यूरोका अधिकृतहरु बताउँछन् ।आइतबार भक्तपुरस्थित आफ्नै घरबाट उनलाई  पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो ।  साेहीक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्यसपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएको ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए ।प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update