भारत जादैँ गरेकाे यात्रुबस नवलपुरमा दुर्घटना , २३ जना घाइते
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना भएकाे छ । दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।
काठमाडौंबाटको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना घाइते भएका छन् ।घाइतेहरुको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१ ०७:५०
प्रतिक्रिया दिनुहोस्