काठमाडौं- आगामी असोज २४ गतेका दिनलाई फिल्म क्षेत्रमा ‘महाभिडन्त डे’ भनिएको छ । किनभने यो दिन एक साथ छक्का पञ्जा(५, ज्वाईँ साब तथा १२ गाँउ प्रदर्शनमा आउँदै छन् । यी तीनै फिल्महरुको चर्चा अत्यधिक भइरहेको छ । यी तीन फिल्मका लागि दर्शकहरुको पनि उत्तिकै उत्साह रहेको छ । त्यसैले भन्न सकिन्छ यी तीनै फिल्म एक से एक छन् ।अब यी तीन फिल्म मध्ये कसले बाजी मार्छ रु यो कुरा भने समयले नै बताउने छ । तर सामाजिक सञ्जालमा यी फिल्महरुका लागि आएका कमेन्टहरूले भने फिल्मका निमार्ता र कलाकारबीच फाटो ल्याउने देखिएको छ । केहि समय अगाडि अभिनेता दीपक राज गिरीले एउटा स्टाटस लेखेका थिए । अभिनेता गिरीले लेखेका थिए – ‘हामी सबैसँग कमजोरीहरु छन् । बुझ्नेले आफूलाई सुधार्नतिर लाग्छ, नबुझ्नले अरुको कमजोरी औँल्याउन थाल्छ । शुभ दिन ।’
गिरीको उक्त स्टाटसमा करिव ५ हजारभन्दा बढी लाइक आएका छन् भने करिव एक हजार जति कमेन्ट आएका छन् । जसमा केहिले मात्र उक्त स्टाटस सबैमा लागू हुन सक्ने किसिमका प्रतिक्रिया दिएका छन् भने धेरैले दीपकको उक्त स्टाटसलाई अभिनेता जितु नेपालसँग जोडेर प्रतिक्रिया दिएका छन् । धेरैले दीपकले उक्त स्टाटस जितुलाई व्यंग्य गर्नका लागि लेखिएको बुझेका छन् । अझ धेरैले एउटा कार्यक्रममा जितुलाई दीपकसँगको सम्बन्ध बारे प्रश्न गरिएको र जितुले उक्त प्रश्नको जवाफमा सबै जना मिलेका थियौं र त प्रोजेक्ट सफल भएको थियो, सबै खुशी थियौं, दुई दिनको जिन्दगीमा मरेर जाने चोला आ(आफ्नो कमजोरी स्वीकार गरेर अगाडि बढे पैसा नै सबथोक होइन । आफ्ना र आफ्नो भएन भने त्यो पैसाको के काम रु भन्ने किसिमका अभिव्यक्ति दिएका थिए । कतिपयले यहि कुरालाई लिएर दीपकले उक्त स्टाटस लेखेका हुन् भनेर आरोप पनि लगाएका छन् । अहिले दीपकराज गिरीको स्टाटसमा आएको कमेन्टले दुवैबीच नदेखिएको फाटोलाई झन् मलजल गर्ने सम्भावना बढि देखिएको छ । तर दर्शक र फ्यानहरुले पनि कमेन्टका लागि कमेन्ट नगरेर दुई कलाकार बीचको पुलको काम गरे कति राम्रो हुन्थो होला रु