Ekhab4r
१०३ वटा च्याङ्ग्रा चोरी आरोपमा एक व्यक्ति

काठमाडौं ।  १०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो । १ असोजको दिउँसो ४ बजेतिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गर्ने भनि पोखरा ल्याएर चोरी गरेको आरोप उनी मागिथ छ । फकिरसहित तीन जना मिलेर ४२ लाखमा च्याङ्ग्रा खरिद गर्ने पक्का गरी रकम पोखरा गएपछि दिने भनि च्याङ्ग्राधनी ताक्लालाई समेत पोखरा ल्याइएको थियो ।

पोखराको ड्यामसाइडस्थित होटलमा सुतेको अवस्थामा च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए । फकिरले ती च्याङ्ग्राहरु २ असोजमा पोखराको घट्टेखोलामा लगी बिक्रि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  पक्राउ परेका फकिरविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनका म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्कीका डीएसपी वसन्तकुमार शर्माले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update