काठमाडौँ । हाल देशका विभीन्न ठाउँहरूमा चट्याङ सहित वर्षा भैरहेकाे छ ।रोल्पा सहित देशका अन्य स्थानमा गरी चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका-५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
यता मोरङको मिक्लाजुङ गाउँपालिका-३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका-४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बाजुराको बुढिगंगा नगरपालिका-४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।