Ekhab4r
रास्वपाको टोली चीन भ्रमण सकेर आज स्वदेश  फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली चीन भ्रमण सकेर आज स्वदेश  फिर्ता भएका छन । दश दिने भ्रमणका लागि भन्दै उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको थियो ।

तर सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो ।आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो ।रास्वपा टोली सोमबारै स्वदेश फर्किने भनिए पनि टिकट नपाएको भन्दै आज बिहान मात्र काठमाडौं आएको हो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update