Ekhab4r
‘गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताएका हुन् । उनले भने, ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ । दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन समय समयमा दुई देशका उच्च स्तरिय भ्रमणहरु भईरहेको छ । आगामी दिनमा पनि यो शिलशिला अगाडि बढ्ने आशा गरेको छु । यो सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुको लागि लाभ दिनुको साथै ज्ञान आदानप्रदानको अवसर दिने छ । नेपालका सञ्चार माध्यमहरुबीच सहयोग आदानप्रदानलाई प्रवद्र्धन गर्ने र दुई देशका नागरिकबीचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भइरहेको हुनाले यो आफंैमा एकदमै महत्वपूर्ण छ ।’

यस्तै, उनले  चीन सरकारले नेपाललाई जलविद्युत निर्माण, सडक पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, कर्मचारीको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर रुपमा सहयोग गरिरहेको पनि बताए ।   यसको साथै, उनले स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको बताए। उनले भने, ‘कुनै पनि देशमा सन्तुलित विकास र सुशासन स्थापना गर्नका लागि सञ्चार माध्यमहरुले नियमित र सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । गलत सूचना, अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको छ । स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update