Ekhab4r
११ र १२ गते  रात्रिकालीन बस नचलाउन आग्रह

 काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेका कारण त्यसदिन रातिकाे समयमा लामाे दुरीकाे बस नचलाउन प्राधिकरणले आग्रह गरेको हाे  ।  वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

पहिराेका कारण केहीसमय अघि धेरे मानविय क्षति भएकाे हुनाले जाेखीम रहेकाे बेला रात्रिकालीन लामाे दुरीकाे बस नचलाउन सुचना  निकालीएकाे थियाे ।साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update