कोसीसहित यी १३ नदीले गर्यो सतर्कता तह पार
काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले खतरा तह पार गरिसकेकाले नद ितटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्