Ekhab4r
नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन

काठमाडौं । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । 

भदौ १४ गतेदेखि राष्ट्रिय सभाअन्तर्गत सुरु भएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक समितिबाट पास हुन नसकेपछि विधेयकमाथि सैद्धान्तिक छलफल अझै जारी राखिएको हो । विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि एवम उपकरण प्रयोगमा ल्याउन सकिने उद्देश्यले विधेयकममाथि छलफल सुरु गरिएको हो । समितिको अर्को बैठक आइतबार १ बजे बस्दैछ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update