गोरखाबाट काठमाडौंका लागि छुटेको बस तिन दिनदेखी सम्पर्क विहीन
गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्क विहीन भएको छ ।
शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ प्रालिका अध्यक्ष नारायण खत्रीले भने, ‘त्यसदेखि यता सम्पर्क हुन सकेको छैन ।’ उनका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए ।
बस सम्पर्कविहीन भएको भनी खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ ०९:४२
प्रतिक्रिया दिनुहोस्