बल्छी धुर्बेले जनयुद्धको कथामा सिरियल 'राधा' बनाउने, साउनदेखि छायांकन
काठमाडौ -सिरियलका चर्चित कलाकार मरिचमान श्रेष्ठ ुबल्छी धुर्बेु ले नयाँ टेलिश्रृंखला ल्याउने तयारी गरेका छन्। उनले जनयुद्धको कथामा सिरियल राधा ल्याउन लागेका हुन्। १० वर्षे जनयुद्धको कथामा सिरियल बनाउन लागेको हुँ, उनले भने, साउन पहिलो सातादेखि छायांकन सुरू गर्ने योजना छ। बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको सिरियललाई मरिचमान स्वयंमले लेखन एवं निर्देशन गर्नेछन्। शीर्षमध्येको एक भूमिकामा उनले अभिनय समेत गर्नेछन्।
बाँकी कलाकारहरू भने तय भइसकेका छैनन्। सिरियललाई लमजुङ जिल्लामा खिच्ने तयारी छ। सिरियलबारे बाँकी जानकारी केही दिनमा दिइने मरिचमानले बताए। उनी सिरियल हल्का रमाइलोु र जुठेु मार्फत दर्शकमाझ आइरहेका छन्। यी दुवै सिरियल दर्शकमाझ लोकप्रिय छन्।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ ११:०९
प्रतिक्रिया दिनुहोस्