Ekhab4r
दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा हुँदै  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो  ।उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।उनी गत असोज ६ गते पक्राउ परेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update