स्वस्तिमा ट्रयाक्टर हाँकेर ‘बेहुली फ्रम मेघौली’ को प्रिमियर समारोहमा प्रवेश
काठमाडौ । फिल्म ‘बेहुली फ्रम मेघौली’लाई क्यूएफएक्सको भक्तपुरस्थित हलमा भव्य प्रिमियर गरिएको छ । बुधबार बेलुका आयोजित समारोहमा फिल्मको टीम र सेलेव्रिटीको बाक्लो उपस्थिती रह्यो ।विहिबारदेखि यो फिल्म देशब्यापी प्रदर्शनमा आएको छ ।प्रिमियर समारोहमा अभिनेत्री तथा निर्मात्री गरिन् । उनले हाँकेको ट्रयाक्टरमा अन्य सहकलाकार पनि चढेका थिए ।
निश्चल बस्नेत र स्वस्तिमा प्रिमियर समारोहको आकर्षण बन्दा हरिवंश आचार्य, निरुता सिंह, आना शर्मा, सुशान्त केसी पनि हलमा देखिए । आफ्नो प्रेमलाई सामाजिक संजालबाट जानकारी दिँदै आएका आना र सुशान्त सम्भवतः पहिलोपटक सार्वजनिक समारोहमा एकसाथ देखिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्