काठमाडौं । नेपाल–भारत मैत्री संघले बाढी–पहिरो पीडितका लागि राहत हस्तान्तरण गरेको छ ।
बिहीबार संघले नेपाल चिकित्सक संघमार्फत पीडितलाई संघको केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो । राहत हस्तान्तरण पछि नेपाल–भारत मैत्री संघका केन्द्रीय महासचिव बोहोतकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भइ चपेटामा परेको अवस्थामा आफूहरुले चिकित्सक संघमार्फत एउटा सानो सहयोग पीडितसम्म पु¥याउनलाई पहल गरेको जानकारी दिए । उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिमित्सक संघमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पु¥याउनलाई एउटा पहल गरेका छौं ।’त्यस्तै चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल–भारतमैत्री संघले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवासँगै जोडेर पीडितलाई उपलब्ध गराउने जानकारी गराए । उनले भने,‘अहिले पीडितलाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौं । आगामी दिनमा पनि नेपाल–भारत मैत्री संघको सहकार्य निरन्तर रहने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’