Ekhab4r
प्रधानमन्त्रिलाई माेदीकाे पत्र : नेपालकाे दुखद परिस्थितीमा भारतकाे सधैं साथ छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएकाे विपद,अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् ।

नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update