Ekhab4r
आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी

काठमाडौं । आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो ।

बेट्सले २४ बलमा २७ रन बनाएपछि आउट भइन् भने प्लिमरले पनि ३४ रन बनाएर फर्किइन् । त्यसपछि ब्याटिङ गर्न आएकी एमिलिया केर र सोफी डिभाइनले इनिङ्सलाई अगाडि बढाए । केर १३ रनमै आउट भइन् तर डिभाइनले अन्तिम ओभरहरूमा आक्रामक खेल्दै टोलिको स्कोर १६० रन बनाउन ठूलो योगदान गरिन् ।  कप्तान डिभाइनले नटआउट ५७ रन बनाइन् । उनले ३६ बलमा ७ चौका प्रहार गरिन् । यसैगरी जर्जिया पिलिमरले २४ रन बनाँउदा सुजे बेट्सले २७ रनको योगदान गरिन् । भारतकी रिंकु सिंहले २ विकेट लिइन् ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update