दक्षिण कोरिया - ‘द यार्सा फुटसल टूर्नामेन्ट २०२४’ को उपाधि गोर्खाली ईल्चुक एफ.सि ले उचालेको छ ।
दक्षिण कोरियाको छुङछङ बुक्दो प्रदेशको मुगुक स्थित खुम्वाङ सेङ्ह्वाल छेयुक खोङ्वनको खेल मैदानमा सम्पन्न फुटसल टुर्नामेन्टमा व्लु लायन एफ.सिलाई ४-३ गोलअन्तरले पराजित गर्दै गोर्खाली ईल्चुक एफ.सिले उपाधि उचालेको हो । नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा स्निकर वर्ल्ड कोनेपको आयोजनामा सम्पन्न फुटसल टुर्नामेन्टमा कोरियाको विभिन्न शहरमा रहेका १० फुटसल क्लवहरुको सहभागिता रहेको थियो। आयोजकका अनुसार द यार्सा रेस्ट्रो मुख्य प्रायोजक रहेको उक्त प्रतियोगिताका विजेताले १५ लाख वन सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।
त्यसैगरी उप–विजेता व्लु लायन एफ.सिले ८ लाख वन सहित ट्रफि र मेडल प्राप्त गरेको छ । साथै प्रतियोगितामा उत्कृष्ठ खेलाडीका रूपमा घोषित फगेन लिम्बु,गोल रक्षक सोनाम चाम्लिङ राई तथा प्रतियोगितामा सवैभन्दा बढी गोल गर्ने खेलाडी लुकाश गोलेले समान ५०–५० हजार वन प्राप्त गरेका छन् ।