Ekhab4r
साताको पहिलो दिन सेयर बजार ५६.०९ अंकले बढ्यो ,कारोबार रकम घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् ।

नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ ।कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भयो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो ।यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो ।बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे ।

न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९.७, इस्टर्न हाइड्रोपावरको ९.६, गुडविल फाइनान्सको ९.२७, सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।विन नेपाल लघुवित्तको १०, स्वरोजगार लघुवित्तको ५.३, उपकार लघुवित्तको ४.४ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, गुडविल फाइनान्स र एसियन लाइफ इन्स्योरेन्स प्रमोटर सेयर क्रमशः अगाडि रहे ।

 

 

 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update