Ekhab4r
दशैंका लागी बन्द भएकाे सरकारी कार्यालयहरु आजदेखि खुल्याे

 काठमाडौं । दशैंका लागी बन्द भएकाे सरकारी कार्यालयहरु आजदेखि खुल्ला भएकाे  छ। सरकारी कार्यालयहरु  फूलपातीदेखि द्वादशीको दिनसम्मका लागी सार्वजनिक बिदा दिइएको थियो । आजबाट  बिदा सकिएसँगै सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

आज दशैंपछिको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारीनै  छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउने चलन भए पनि कतैकतै भने पूर्णिमाको दिनसम्म टीका लगाउने चलन रहि आएकाे छ  ।खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update