Ekhab4r
सहकारी ठगी प्रकरणमा पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवी लामिछाने प्रक्राउ परेका छन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा तर्फ लगेका छन् । 
रवी पक्राउ परेपछि उनका कार्यकर्ता र समर्थकहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन् ।

सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको थियो । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजि पक्राउ पुर्जी जारी भएको हो । यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update