Ekhab4r
मन्त्री सिंहका एकसय दिन : धरहरा संचालन, २५ पालिकाका भवन निर्माण

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेर सय दिनका उपलब्धीहरुलाई बुँदागत रुपमा सार्वजनिक गरेका हुन् ।सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि पनि जनाए । उनले धरहरा परिसरमा वेसमेन्ट पार्किङ र बगैंचा निर्माण गरी संविधान दिवसका दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका नागरिकहरुका लागि आश्रय स्थल उपलब्ध गराएको, विभिन्न जिल्लामा स्वास्थ्य भवन निर्माण गरेको, जाजरकोट र रुकुमपूर्वमा भुकम्पबाट क्षतिग्रस्त भवन तथा स्वस्थ्य भवनहरुको पुननिर्माण गरेको, भैंसेपाटीमा मन्त्री आवाज निर्माण सम्पन्न गरी बसोबास सुरु गरिएको, झापाको दमकमा दमक व्यापारिक कम्प्लेक्स र चितवनमा सौराह सभाहल निर्माण सम्पन्न गरेको जानकारी गराइयो ।त्यस्तै थापाथलीस्थिति नेपाल राष्ट्र बैंकको बैंङ्गिक कार्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको साथै २५ वटा पालिकहरुको प्रशासकीय भवन निर्माण सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update