Ekhab4r
संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण 

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले संसद नचलेको समयमा जनतासँग सम्बन्धित कुरा जनतासम्म पुर्याउने काम समितिले गर्नुपर्ने बताएका छन् । 

सोमबार समितिमा भएको बैठकमा उनले राम्रो र नराम्रो सूचनाको तालमेल मिलाएर समितिमार्फत जनतासम्म सूचना जानुपर्ने बताए । उनले भने, ‘संसद चलेको छैन् तर जनतागत कुरा जनतासम्म पुर्याउनका लागि पनि जरुरी छ । तर त्यो सूचना पुर्याउने माध्यम के हो भने समिति नचलेको बेला समिति नै सक्रिय हुनुपर्छ । सूचना भन्ने वित्तिकै दुईवटै हो । गर्न हुने र नहुने दुवै हो । त्यसमा तालमेल मिलाउनु पर्छ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update