५९ वर्षीया वृद्ध बलात्कृत, ३६ वर्षीय युवक पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा ५९ वर्षीय वृद्धलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३६ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ १३:००
प्रतिक्रिया दिनुहोस्