Ekhab4r
हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ - प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताएका छन् ।शनिबार (राष्ट्रिय जलवायु सम्मेलन) २०८१ लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताएका हुन् ।उनले  भने, ‘आफ्नो पहिचान गर्नुपर्दछ तर सबैको विकास राष्ट्रिय एकताका साथ गर्नुपर्दछ ।  प्रकृति परिवर्तन भइरहन्छ, प्रकृति कहिले स्थिर रहँदैन । मान्छेले बनाएर  जुन बिगारेको कुरा छ त्यसले वातावरणमा आएको क्षती मानवीय कमी कमजोरीका  कारणले अथवा विकास, वातावरणको इको स्टिमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा हाम्रोमा न विकास भएको  छ । न त वातावरण नै  बिग्रेको छ । स–साना पार्टिकल्स धुँवामा उड्छन् । ति पार्टिकल्स नुनिला पनि हुन्छन् ।

धुँवा र ति पार्टिकल्स दुईटै सँगै  भएपछि हिमालमा ठोकिन्छ र हिउँ पग्लिन्छ ।  हिउँपर्ने ठाउँहरुमा बाटा खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ । जब बाटाहरु नुन छरेर  खोलिन्छ तब एकैचोटि एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ ? त्यसपछि सेता हिमाल काला भइहाल्छन् । त्यहीँ भएर जलवायु  सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ । विश्व कल्याणका लगि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने छ ।’ साथै उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र  सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update