Ekhab4r
रास्वपामा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ। शनिबारको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई कामको जिम्मेवारी तोकेको हो।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा छन्। उनलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेको थियो। सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा कसैलाई पनि तोकेका छैनन्।सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गर्दै आएको छ भने काठमाडौं लगायत ठाउँमा पनि प्रदर्शन भएका छन्। सभापति पक्राउ परेपछि रास्वपाका नियमित गतिविधि भने ठप्पजस्तै थिए।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update