काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २६१७ अंकले घटेकाे छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१९ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भएकोमा यस दिन ४ अर्ब ७३ करोडको भयो ।कुल ९१ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने ११ को स्थिर रह्यो । जीवन बीमा समूह १.१५, फाइनान्स १.११, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर ०.४७ र व्यापार ०।२० प्रतिशत बढे ।
यीबाहेकका सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.३० प्रतिशत घट्यो । पहिलो त्रैमासिक वित्तीय विवरण त्यति सन्तोषजनक नदेखिएपछि यो समूहले लगानीकर्तालाई उत्साह दिन सकेको छैन ।त्यस्तै विकास बैंक ०.५१, लगानी ०.१७, उत्पादन ०.९१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४४ तथा अन्य समूह ०.३२ प्रतिशत घटे । यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, माइखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
कालिन्चोक दर्शनको ९.७७, मकर जितुमाया हाइड्रोको ७.३९, नेपाल फाइनान्सको ६.६८, जानाकी फाइनान्सको ५.९० प्रतिशत मूल्य बढ्यो । नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो । प्राइम कमर्सियल बैंकको ४.१७, रावा इनर्जीको ४.०३ तथा आईसीएफसी फाइनान्सको ३.८३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।