Ekhab4r
इंग्ल्याण्डमा बजेटमा आवास ऋणको दरमा बृद्धि नहुने

काठमाडौं । लेबर पार्टीका नेता तथा इंग्ल्याण्डका प्रधानमन्त्री सर कियर स्टार्मरले आगामी बजेटले आवास ऋण (मोर्टगेज) दरहरूमा वृद्धि नहुने दाबी गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पुरानो जस्तै आर्थिक अव्यवस्था नआउने र ऋण व्यवस्थापनमा जिम्मेवार तरिकाले अघि बढ्ने बताएका छन् ।यसअघि चान्सलर राचेल रिभ्सलाई ऋण नियम परिवर्तन गरी लगानीका लागि बढी ऋण लिन खोज्दा वित्तीय बजार प्रभावित हुने र ब्याजदर लामो समयसम्म उच्च रहन सक्ने चेतावनी दिइएको थियो ।द मिररमा लेख्दै स्टार्मरले भने, ‘यस बजेटले आर्थिक वृद्धिलाई असर गर्ने र सार्वजनिक सेवा कमजोर बनाउने कठोर नीतिहरूको पुनरावृत्ति गराउने छैन । टोरी सरकारका कारण ऋणको व्यवस्थापन विफल हुँदा आवास ऋण दर बढेको अव्यवस्थामा पनि फर्किने छैन ।’

उनले बजेटले दीर्घकालीन र जिम्मेवार निर्णयहरू ल्याउने र स्थिरताका माध्यमबाट लगानी र सुधारको मार्ग कोर्ने बताएका छन् । आज दिउँसो आफ्नो सम्बोधनमा उनले बुधबारको बजेटले वित्तीय यथार्थलाई आत्मसात गर्ने तर उज्याला दिनहरू आउने बताउने छन् ।लेबर पार्टीका वरिष्ठ मन्त्री प्याट म्याकफ्याडनले ‘काम गर्ने मानिसहरू’लाई कुनै ठोस परिभाषा दिन कठिन रहेको बताएका छन् । तर उनले पार्टीको प्रतिवद्धता अनुसार आयकर, राष्ट्रिय बीमा (एनआई), र मूल्य अभिवृद्धि कर (भ्याट) नबढाइने बताए ।म्याकफ्याडनका अनुसार, ‘हामीले मुख्य करहरूमा प्रतिवद्धता जनाएको हो र यसैलाई हामीले बजेटमा पूरा गर्नेछौं ।’ आलोचकहरूले यो प्रतिवद्धता ‘काम गर्ने मानिसहरू’ लाई के कस्तो करदाताहरूमा लागू हुन्छ भन्ने स्पष्ट पार्न माग गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update