Ekhab4r
‘वैकल्पिक उर्जा सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक’

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जा तथा प्रवद्र्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् । 

मंगलबार काठमाडौंका आयोजित  वैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको बताए ।उनले वैकल्पिक उर्जासम्बन्धि ऐन चाँडै पास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने,‘अहिले जे समय परिवर्तन भएको छ । पहिलेको समयबाट वा परिस्थितिबाट माथि उठिसकेका छौं । र समय सापेक्षित निति नियम ऐन कानूनको व्यवस्था गर्नुपर्ने छ ।  यसमा मन्त्रालय निरन्तर लागेको कुरा यहाँहरुलाई जानकारी नै छ । अब चाँडै नै यो ऐन पास हुने कुरा जानकारी गराउन चाहन्छु । मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक छ । त्यसैले हामी समयसापेक्षित हुन जरुरी छ ।’ 

उनले अहिले सबै निकायहरुलाई सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं भन्ने अनुभूति भएको भन्दै सबै निकायहरु सरकार कै अंगहरु भएको बताए । मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर नै दिने भन्दै सबै नेपालीहरुको दायीत्व सरकारले लिन सक्नुपर्ने उनको भनाई छ । उनले भने, ‘अहिले सबै निकायहरु सरकारभन्दा पर बसेर काम गर्ने निकायहरु हौं कि अनुभूति भएको रहेछ । त्यस्तो होइन हामीलाई दातृराष्ट्रहरुले,मित्रराष्ट्रहरुले दिने ऋण र अनुदान सबै नेपालीहरुलाई सम्झेर दिएको हो । सबै नेपालीहरुको दायीत्व सरकारले लि सक्नुपर्छ र लिन्छ पनि ।सबै निकायहरु सरकारका अंगहरु हुन् ।’उनले वैकल्पिक उर्जालाई देशको आम्दानीको मुख्य श्रोतमा सरकारले लिएको पनि बताए । मन्त्री खड्काले आगामि वर्षसम्ममा सबै घरमा विद्युत वितरण गरिसक्ने सरकारको लक्ष्यलाई प्राधिकरणले मात्र गर्न नसक्ने अनुभूति रहेको भन्दै यसमा वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका रहेने बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update