हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित
काठमाडौं । ङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ ।
९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए ।
टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे । नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले एक एक विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१ ११:१३
प्रतिक्रिया दिनुहोस्