Ekhab4r
राज्यको नयाँ संरचनाहरुलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ  - तारानाथ दाहाल

काठमाडौं । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिदो अवस्थालाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा उनले प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको भन्दै यसको प्रयास सुरु भएको बताएका हुन् । 

उनले भने, ‘पत्रपत्रिकाहरुलाई राज्यले कठोर नियमन गरेर मात्र हुँदैन । उनीहरु आफैं स्वनियमनबाटै चल्नुपर्छ भन्ने मान्यताको लागि ५ दशकदेखि प्रेस काउन्सिल भन्ने संस्था त्यसकै लागि छ । यसलाई नै मिडिया काउन्सिल भनेर लान खोजेको हो । पहिला पत्रपत्रिकाको क्षेत्रलाई मात्र यसले समेट्ने गरेको थियो तर प्रशारण क्षेत्रलाई नसमेटेको हुनाले त्यसलाई पनि समेट्नको लागि र अर्को भनेको प्रसारण, डिजिटल मिडियाको फैलिदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महशुस भएको हो । र यसको प्रयास सुरु भएको हो ।’

यसको साथै, उनले यो विधेयकमा आमसञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु रहेको पनि बताए ।  उनले भने, ‘विधेयकमा आम सञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु छन्, जुन किसिमले यी संस्थाहरुलाई व्याख्या गर्नुपर्ने हो त्यो हिसाबले यो विधेयकमा स्पष्ट परिभाषा गरेको छैन ।’ 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update