काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न भएको छ ।
आइतबार काठमाडाैंस्थित होटल हायतमा वैश्विक महाधिवेशन सम्पन्न भएको हो ।कार्यक्रममा नेपाल, भारत म्यान्मार, भुटान, बाङ्गलादेश देशका प्रतिनिधिहरू सहभागी भएका थिए । जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिएको थियो ।काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस आयोजनाको उद्देश्य स्पष्ट पार्दै मुख्य लक्ष्य ३० देशहरूलाई एउटै मञ्चमा ल्याउनु भएको बताए ।सम्मेलनले विश्व स्वास्थ्य संगठनद्वारा चयनित ती देशहरूमा केन्द्रित हुने तथा , जहाँ लागुऔषध एउटा ठूलो समस्या बनिसकेको उनको भनाई छ ।
उनले भने, ‘यो सम्मेलन लागुऔषधमुक्त विश्वको दिशामा एक ठोस कदम हुनेछ, र यस पहललाई फ्रान्स, इङ्ग्ल्याण्ड, जापान, कोरिया, र अमेरिकाजस्ता ठूला देशहरूमा पनि गुञ्जायमान गराउने अवसर मिल्ने छ ।’डि ३० को मार्फत काशियाना फाउन्डेसनले विश्वलाई लागुऔषधमुक्त बनाउन ठोस प्रयास गरिरहेको बताए । साथै यो पहल ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु नशा मुक्तः’ भन्ने संकल्पलाई साकार पार्ने दिशामा एक महत्वपूर्ण कदम भएको जनाएको छ ।
साथै नेपालमा धेरै विशेष महत्व भएकाले यो महाधिवेशन नेपालमा आयोजना भएको बताए । जसमा नेपाल महात्मा बुद्धको जन्मस्थल हुनुका साथै भगवान बुद्धका शिक्षाहरूमा पंचशील सिद्धान्तहरू उल्लेख गरिएको छ, जसमा लागुऔषध मुक्ति पनि समावेश रहेको छ । यही कारण नेपाललाई यस कार्यक्रमको आयोजन स्थलका रूपमा चयन गरिएको फाउन्डेसनका संस्थापक सुमितले बताए ।यो कार्यक्रमको पहिलो चरण दिल्लीमा आयोजना भएको थियो । डि ३० को पहिलो चरण २०२३ मा दिल्लीस्थित होटल ललितमा सम्पन्न भएको थियो, जसमा ३० देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।