Ekhab4r
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे आजै कारागार चलान हुने

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव) गुरुङ आजै कारागार चलान हुने भएका छन् ।

मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङलेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिसकेको छ ।  मनाङेलाई अदालतका फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्की समक्ष बुझाएको ब्युरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । अब अदालतबाट आवश्यक प्रक्रिया भएसँगै उनी जेल चलाउन हुनेछन् ।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङेले यसअघि नै साढे २ वर्ष सजाय काटिसकेको र अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्ने बताइएको छ । 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update