काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने फिल्म मध्यमा पहिलाे बन्ने निश्चित भएको छ । ५२ लाख रुपैयाँ मात्र थप कमाए यो फिल्मले ‘कबड्डी ४’ को रेकर्ड तोड्दै इतिहास रच्ने देखीएकाे छ ।
फिल्मले सोमबार (२६ कात्तिक)मा २ करोड २५ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ दिनसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ ।जसअनुसार फिल्मले सोमबारसम्म २२ करोड ९८ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले मंगलबार पनि आक्रामक कमाइ गर्ने प्रक्षेपण गरिएको छ । यसको अर्थ, ‘पूर्णबहादुरको सारङ्गी’ देशको सबैभन्दा धेरै कमाउने फिल्म बन्नेछ ।
धेरै कमाउने नेपाली फिल्मको रेकर्ड ‘कबड्डी ४’ सँग छ, जसको कलेक्सन निर्माताले दिएको आधारमा (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।पूर्णबहादुरको सारङ्गी’ले मुलुकका ४५० भन्दा धेरै शोबाट यति कमाइ हासिल गरेको हो । शुक्रबार भारतीय फिल्म ‘कंगुवा’ नआउँदा यो फिल्मसहित प्रदर्शन तयारीमा रहेको ‘ह्रस्व दीर्घ’लाई राहत मिल्ने देखिन्छ ।