महसुल नतिरेका उद्योगमा पनि लाइन जोडिदिने प्राधिकरणकाे निर्णय
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको आज बसेकाे बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोडिदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय गराएका हुन् । आइतबारको मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल तिर्ने १५ दिनको अवधि दिएर लाइन जोड्ने निर्णय गरेको थियो ।डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेका उद्योगले महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो । तीमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि लाइन जोडिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्