बुधबार पनि घट्याे सुनकाे मुल्य
काठमाडौं । आज बुधबार पनि सुनकाे मुल्य घटेकाे छ ।अघिल्लो दिनको तुलनामा बुधबार थप ४ सय रुपैयाँले मूल्य घटेको हो । दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो । कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१ १०:४१
प्रतिक्रिया दिनुहोस्